नेकपा एमाले डडेल्धुराको अध्यक्षमा अमरगढी प्रमुख ओझाको उम्मेदवारी

डडेल्धुरा – नेकपा एमाले डडेल्धुराको अध्यक्षका लागि अमगरवढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा र वर्तमान अध्यक्ष प्रकाश साउँदले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दिनभर सहमतिको प्रयास गर्दा पनि सहमति नजुटेपछि ओझा र साउँदले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको छ । जिल्ला सचिवका लागि करन ताम्राकार र गजेन्द्र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्