काठमाडौँ – बाग्लूङ नगरपालिका–१२, कान्लेका नवराज चापागाईले आफ्नो छोरा सिन्नेन चापागाईको पहिलो जन्मदिनको अवसरमा बिद्यालयमा एक लाख रूपैयाँको “भीमकुमारी–रमाकान्त गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षय कोष” स्थापना गरेका छन् । उनले लक्ष्मीनारायण आधारभुत विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन् । शिक्षाप्रेमी, समाजसेवी तथा प्रगतिशील बिचारधाराका धनी चापागाईंले शिक्षा क्षेत्रको बिकासबाट समाजको चेतनास्तरमा वृद्धि गर्न, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका र लोपोन्मुख समुदायका बिधार्थीलाई पठन–पाठनमा प्रोत्साहित गर्न सो अक्षय कोषको स्थापना गरेका हुन् ।
लक्ष्मीनारायण आधारभुत विद्यालयका भूतपूर्व बिधार्थी नवराज चापागाई, रोशन चापागाई, मीना शर्मा र बिन्दु शर्माका मातापिता भीमकुमारी चापागाई र रमाकान्त चापागाईको सम्मान स्वरूप स्थापित यो अक्षय कोष नवराज चापागाईले आफ्नो छोरा सिन्नेन चापागाईको पहिलो जन्मदिनको अवसर पारेर अँग्रेजी क्यालेन्डरको नयाँ वर्ष २०२२ जानवरी १ तारिक को दिन स्थापना गरेका हुन् । विद्यालयमा एक कार्यक्रमकाबीच चापागाईकी आमा भीमकुमारी चापागाईले प्रधानाध्यापक हेमराज पौडेललाई सो अक्षय कोषको रकम हस्तांतरण गरेका छन् । सो कोषको वार्षिक ब्याजबाट गरिब तथा जेहेन्न्दार बिधार्थीलाई छात्रवृद्धि प्रदान गरिने छ । विद्यालय छोड्ने या अन्यत्र पलायन हूने दरलाई न्यूनिकरण गरि शैक्षिक गुणस्तरमा समेत वृद्धि गर्न सहयोग पुग्ने कुरा अक्षयकोषका संरक्षक चापागाईले बताए । उनले विद्यालयको शैक्षिक सफलताको शुभकामना समेत दिए । चापागाईँ यसअघि पनि विभिन्न सामाजिक कार्यहरुका सक्रिय रहदै आएका छन् । उनी कामको शिलशीलामा जापानमा बस्दै आएका छन् ।