कर्मचारीहरुको सरुवा, बढुवा चक्रीय प्रणालीको आधारमा : मन्त्री बडू

फाइल फोटो

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रीय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताएका छन् । शुक्रवार सर्वोच्च अदालतमा नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रीय प्रणाली लागूगर्न छलफल भइरहेको जानकारी दिए ।

उनले निजामती कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनुपर्ने भन्दै जथाभावी मानिस राखेर सेवा र प्रशासनलाई बिथोल्न नहुने बताए । उनले सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रीय प्रणालीको रुपमा विस्तार गर्न छलफल भइरहेको जनाए ।

सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेकाबाहेक अरुलाई एक समय पुगेपछि आफै यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको उनको भनाइ छ । मन्त्री बडूले न्यायालयको समस्या न्यायालय भित्रबाटै समाधान हुनुपर्ने बताए । उनले न्यायालयमा न्याय दिलाउनेहरुको निधार खुम्चिने काम हुन नहुने भन्दै न्यायालयबाट छिटो छरितो रुपमा सेवाग्राहीले सेवा पाउनुपर्नेमा जोड दिए । उनले अन्य काम संघीयतामा गएपछि सहज र छिटो भएको तर न्यायालयको काम भने संघीयतामा गइसकेपछि पनि सहज नभएको आफूलाई अनुभुत भएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्