काठमाडौं – सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।