काठमाण्डौ – माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नसक्ने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
आइतबार माओवादी केन्द्रको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अझै पनि निरङ्कुशता जारी नै रहने बताउनुभएको छ । प्राप्त उपलब्धिलाई पनि केही प्रतिगामी तत्त्वहरुले खतरामा पारिरहेको भन्दै गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने जसपाका अध्यक्ष यादवको भनाइ छ ।
संविधानले मधेशका नागरिकको हक अधिकारलाई सम्बोधन गर्न नसकेको भन्दै यादवले संविधान संशोधन गरेर सबैका अधिकारलाई संविधानमा समेट्नुपर्ने बताउनुभयो ।