काठमाडाैँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६०० विन्दु नजिक पुगेको छ । करिब ३ प्रतिशत बढेर नेप्से परिसूचक २५९१.४२ विन्दुमा बन्द भएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.१३ प्रतिशत, फ्लोट इण्डेक्स २.६५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सुधार भएको छ । यस दिन २३१ कम्पनीको ६२ हजार २१ पटकको कारोबारमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ बराबरको ८६ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।