काठमाडौँ – नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापालाई विश्वप्रकाश शर्माको भन्दा अगाडि राखिएको छ । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको हो ।
थापा १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए । नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि पार्टी राजनीतिमा थापा आगाडि प्रवेश गरेका थिए । महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ ।