सेवाग्राहि, सेवा प्रदायक तथा सरोकारवालाहरुमा जिल्ला प्रशासन कार्यालय दार्चुलाको अनुरोध

काठमाडाैँ – जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सेवाग्राहि, कार्यालय र सरोकारवालाहरुको सक्रिय एवम् अर्थपूर्ण सहभागिता सहितको सुदृढ त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिँह धामीले बताउनुभएको छ । उहाँले सेवा प्रवाहमा सहज र प्रभावकारी बनाउन प्रशासन कार्यालय कर्मचारीको मात्र नभई सम्पूर्ण सरोकारवाला निकायको भएको बताएका छन् ।

उहाँले एक विज्ञप्ती जारी गर्दै फोटाग्राफि सेवा प्रदायकहरुलाई नेपाली नागरिकता प्रमाणपत्रको लागि फोटो खिच्दा सेतो पृष्ठभूमि भएको, २.५ सेन्टिमिटर चौडाई तथा ३ सेन्टिमिटर लम्बाई भएको तथा दुवैकान देखिने किनारा नराखि फोटो खिच्न अनुरोध गर्नुभएको छ । साथै गहना तथा मेकअप नगरी, सादा पोसाकमा फोटो खिच्न र उच्च गुणस्तरको फोटो प्रिन्ट गर्न अनुरोध गर्नुभएको छ ।

यस्तै वडा कार्यालयहरुलाई स्थानीय तहबाट आउने नागरिकता अनुसूचि फारामहरु नेपाली मोटो तथा गुणस्तरीय A4 साइजको पेपरमा प्रिन्ट गरि सेवाग्राहिलाई नपट्याई सुरक्षित पेश गर्न लगाउनुहुन अनुरोध गर्नुभएको छ । यस्तै व्यक्तिगत घटना दर्ता गर्ने कानुनी अधिकारी स्थानीय पञ्जिकाधिकारीलाई रहेकोले सक्कल कागजातसँग भिडाई रुजु तथा जारी गर्न समेत अनुरोध गर्नुभएको छ ।

त्यसैगरी विवरण भर्दा नेपाली र अंग्रेजीमा शुद्ध टाइप गरेर मात्र प्रिन्ट गर्न र तीन पुस्ते विवरण, ठेगाना लगायत अन्य विवरण स्पष्ट खुलाएर पठाउनुहुन अनुरोध गर्नुभएको छ ।
यस्तै शैक्षिक संस्थाहरुलाई समेत विद्यार्थी भर्ना, रजिष्ट्रेशन लगायतका काम गर्दा स्थानीय पञ्जिकाधिकारीबाट जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपती तथा सोको सक्कल भिडान गरि सोहि अनुरुप मात्र भर्ना लगायतका शैक्षिक कार्यक्रम गर्नुहुन अनुरोध गर्नुभएको छ ।
यस्तै जन्म दर्ता प्रमाण पत्र, शैक्षिक प्रमाण पत्रमा विवरण फरक परेको अवस्थामा आफुखुसी केरमेट गर्ने वा सच्याउने काम नगर्न आम सेवाग्राहीमा समेत सहायक प्रमुख जिल्ला अधिकारी धामीले अनुरोध गर्नुभएको छ । सनाखत गर्दा तीन पुस्ता भित्रको नाता सम्बन्ध खुल्ने व्यक्तिबाट गराउने र गलत व्यक्तिद्वारा सनाखत गराउनु दण्डनीय भएकोले त्यस्तो कार्य नगर्न समेत अनुरोध गर्नुभएको छ ।

यो समाचार पनि पढ्नसक्नुहुनेछ

दार्चुलाको निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनसिँह धामीलाई

निमित्त प्रजिअ धामीद्वारा “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्