काठमाण्डौ – आरआर क्याम्पसमा शिक्षक कुट्ने विद्यार्थी निष्कासित भएका छन् । आरआर क्याम्पसले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई निष्कासन गरेको जानकारी दिएको छ ।
गएको मङ्गलवार परीक्षामा चिट चोर्न नदिएको भन्दै स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई आक्रमण गरेका थिए । आक्रमणबाट शिक्षक पुडासैनी घाइते हुनुभएको थियो ।