काठमाण्डौ – नेपाली कांग्रेसको प्रदेश नम्बर दुईको प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।
हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । मतदान अहिले केहीबेरदेखि कडा सुरक्षाका बीच सुरु हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश–२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् ।