नेपाली सेनाका कर्मचारीले घर बनाउन सहुलियत ब्याजमा ऋण पाउने

काठमाण्डौ – नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिने भएको छ । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका लागि सेनाले सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जाको सुरु गरेको हो ।

कार्यक्रमको आज बुधवार प्रधानसेनापति प्रभुराम शर्माले शुभारम्भ गर्नुभयो । यो कार्यक्रममा सेनाका कर्मचारीले तीन दशमलव ३२ प्रतिशत ब्याज दरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउनेछन् ।

अहिलेसम्म २० जनाको आवेदन प्राप्त भएकोमा सात जनाको प्रक्रिया पूरा भएर रकम लिने क्रममा रहेको सेनाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्