राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा गएको मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न ठाउँमा राखिएका पाँच वटा क्यामरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामरामध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा चार तथा चितवनमा एउटा क्यामरा चोरी भएको निकुञ्जले जनाएको छ । बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको ठाउँमा एउटै बाघलाई दुई वटा क्यामराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजिताअनुसार ९३ वटा बाघ छन् ।

नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या दुई सय ५० पु¥याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या दुई सय ३५ वटा पुगिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्