विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न तालिबानद्वारा प्रतिबन्ध

काठमाण्डौ – अफगानिस्तानमा विज्ञापनमा महिलाको फोटो प्रयोग गर्न नपाइने भएको छ । तालिबान समूहले फोटो प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो । काबुलमा रहेका व्यवसाय तथा व्यापारिक केन्द्रका साइनबोर्डमा देखिने महिलाको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको टोलो न्युजले उल्लेख गरेको छ ।

महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्