काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मुक्ताकुमारी यादवले अहिलेसम्म सर्वाधिक मत पाएकी छन्। १३ पदाधिकारी र ७१ जना केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक हुँदा यादवले सर्वाधिक मत पाएकी छन् ।
मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा खसेको ४६७१ मतमध्ये मुक्ताले ३९६० मत प्राप्त गरेकी हुन् । खसेको मतको करिब ८५ प्रतिशत मत प्राप्त गरी उनी केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले ३८३६ मत प्राप्त गरेका थिए ।
मुक्ताले कोइरालालाई १२४ मतले पछाडि परेकी छन् । सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरी तीनवटै प्यानलमा उनको नाम थियो । १२ औं महाधिवेशनमा भने मधेसी महिला कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भइएकी थिइन् ।