सेयर बजारमा नेप्से परिसूचक ५६.७३ अंकले बढ्यो

काठमाडौँ – सेयर बजारमा आजको कारोबारमा परिसूचक ५६.७३ अंक अर्थात २.४१ प्रतिशतले बढेको छ । करिब एक महिनादेखि निरन्तर गिरावट आएको बजार मंगलबारको कारोबारमा भने केही सुधार देखिएको हो । कारोबारको दिन पनि सेयर उल्लेख्य गिरावट आएको हो । बजार बन्द हुँदा २४१५.५५ अंकमा उक्लिएको छ ।

आज २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४६ रूपैयाँ बराबरको कारोबार हँदा ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर किनबेच भएको छ । मंगलबारको कारोबारमा १ सय ८० कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ६ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्