आज प्रतिनिधिसभा बैठक बैठक बस्दै, एमसीसी के होला ? यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

आज अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधि सभा बैठकमा टेबल नहुने भएको छ । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसिसीबारे उल्लेख गरिएको छैन ।

मंगलबारको बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत हुँदैछन् । तर सम्भावित कार्यक्रममा एमसिसीको विषय उल्लेख छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा एमसिसी अगाडि बढाउने प्रयास गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्