नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ बडू निर्वाचित

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सकिएको छ । आइतबार आएको अन्तिम मतपरिणाम अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडू केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बडू २४ सय ४१ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । बडू १२ तेह्रौ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १४औँ महाधिवेशनमा बडूले सहमहामन्त्रीमा आकांक्षा देखाएपनि प्यानलका कारण उनले स्थान पाउन सकेनन् । बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्य समेत हुन् ।

डा. शशांक कोइराला सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । उनले ३८३६ मत पाएका छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडाले धेरै मत पाएका छन् । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १७०७ मत पाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्