राष्ट्रिय सभा चुनावका लागि आजदेखि १० गतेसम्म दल दर्ताको समय

काठमाण्डौ – राष्ट्रिय सभा चुनावका लागि राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने भएका छन् । आउँदो फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने चुनावमा भाग लिन चाहने राजनीतिक दलले आजदेखि १० गतेसम्म दल दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने चुनावको तयारी अगाडि बढाएको पनि आयोगले जनाएको छ । यही पुस १७ गते मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम पुस २० गते हुनेछ । चुनावमा भाग लिने उम्मेदवारलाई पुस २५ गते चुनाव चिह्न प्रदान गरिने छ । पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् । माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्