नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित

सुर्खेत – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश सदस्यमा निर्वाचित दुई सय ११ सदस्यमध्येबाट केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

माओवादी केन्द्रको यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ बाट केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरिएको थियो । त्यही विधिअनुसार केसी अध्यक्षमा निर्वाचित भएको हो ।

पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी केसी कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्