काठमाडौं – बर्दिया राष्ट्रिय निकुञ्जमा आजबाट बाघ गणना सुरु हुँदैछ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने छ ।
बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने खटिने निकुञ्ज प्रशासनले जनाएको छ ।
मंसिर १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ ।