काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित बैठक गरेका हुन् ।
संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।