काठमाडौं – सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल हुनेछ ।
एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारबाहीमा भाग लिएको थिएन । पार्टीले माधव नेपाल सहित १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टास्नुपर्ने उसको माग छ ।
आफुहरुको माग अहिले पनि पूरा नभएका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा संसदीय दलको बैठकमा छलफल हुने उनले बताइन् ।