काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा हालसम्म ३ हजार ७७ मत गणना भएको छ । जसमा शेरबहादुर देउवाको अग्रता कायमै छ । देउवाले १४६५ मत पाएका छन् भने शेखर कोइरालाले ११३१ मत पाएका छन् । प्रकाशमान सिंहले २५० र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।