नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्ने भएका छन् । उहाँले नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् । पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रमका बीच नयाँ दल घोषणा गर्न लागेका हुन् ।