नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घान आज

PHOTO : RSS

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने कांग्रेसले जनाएको छ । उद्घाटन सकेपछि आजै बन्दसत्र सुरु गर्ने तयारी छ ।

नयाँ नेतृत्वको लागि मतदान भने सोमवार बिहान ८ बजेदेखि सुरु गर्ने कार्यतालिका छ । महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्