काठमाण्डौ – सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यस्तै, आज अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । झण्डै १५ लाख मात्रा मोर्डना खोप नेपाल आउन लागेको हो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।