प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान, पाैडेल पक्षलाई सकस

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ ।
सभापतिका आकांक्षीहरुबीच सहमतिको प्रयासमा पछिल्लो तीन दिन लगातार बैठक बस्यो, तर साझा उम्मेदवार छान्ने सम्भावना टर्दै गएको छ ।

बुधबार चाक्सीबारीमा बसेको बैठक निकै तनावपूर्ण भएको नेताहरु बताउँछन् । पूर्वमहामन्त्री सिंहको प्रस्तुतीबाट निराश बनेका वरिष्ठ नेता पौडेलले अपमानपूर्ण व्यवहार भएको गुनासो गरेका छन् । पौडेल समूहका नेताहरुका अनुसार आज विहान ८ बजे बस्ने बैठकमा विभिन्न विकल्पमा छलफल हुनेछ ।
कांग्रेसको १४औं महाधिवेशन पर्सि २४ गते काठमाडौंमा सुरु हुनेछ, जहाँ देशभरबाट आएका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नेछन् । निर्वाचन कार्यतालिका अनुसार २५ गते उम्मेदवारी दर्ता हुनेछ भने २७ गते मतदान । तर पौडेल समूहले उम्मेदवार टुंगो गर्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्