काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय हुने बताउनुभएको छ ।
हिजो मंगलबार चाक्सीबारीमा रहेको नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरूको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलिसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । त्यसका लागि आजको बैठकमा सहमतिको नजिक पुगिएको पनि उहाँले दाबी गर्नुभयो ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ । वरिष्ठ नेता पौडेल पक्षबाट पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेता सिंह र डा. शेखर कोइराला सभापतिको उम्मेदवारको आकाङ्क्षी रहनुभएको छ । यता संस्थापन पक्षबाट प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिनुहुनेछ ।