धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार जरिवानाको सजाय

काठमाण्डौ –धर्म परिवर्तन गराउने एक जनालाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ ।

जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिनुभयो ।

गएको वर्ष आचार्यले महिलाको उपचार गर्ने भन्दै फोटो भिडियो खिचेर प्रचारप्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । आचार्य पोखरामा रहेको प्रशस्त कटनी मण्डलका पाश्चर हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्