चितवन – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा डा. भीम रावलसँग प्रतिस्पर्धामा रहेको ओली विजयी भएका हुन् । एमालेमा नेतृत्व लगायत अन्य पदाधिकारी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्नुभएको थियो ।
भीम रावलले सर्वसम्मत गर्नु लोकतन्त्र विरुद्ध भएकोले निर्वाचन हुनुपर्ने माग राख्दै आएका थिए । जस अनुरुप अध्यक्ष पदका लागि निर्वाचन भएको हो ।
निर्वाचनमा कूल २ हजार ९६ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ४० मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २३ मत पाउनुभयो । उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।