काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर पशुपतिशम्शेर जबराले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी नदिने भएका छन् । उहाँले सोमबार साँझसम्म आफू अध्यक्षमा नउठ्ने औपचारिक घोषणा गर्नेछन् ।
डा. प्रकाशचन्द्र लोहनीले पनि आफूले उम्मेदवारी दिने बताइरहेका छन् ।