गोरखा – आरुघाट गाउँपालिका–४ थुमी बस्ने ४९ वर्षीय चामबहादुर बरामको आफ्नै भाइबुहारी समेतको कुटपिटबाट सोमबार दिउँसो मृत्यु भएको छ ।
भाइबुहारी डल्ली बराम र डल्लीकै छोरी निशा बरामले गत शनिबार दिउँसो कुटपिट गरी गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीले अभियुक्त दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।