काठमाडौं – तालिबानी सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गर्दैै शक्ति प्रदर्शन गरेको छ । परेडमार्फत तालिवानले आफ्नो विद्रोही गुटलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिएको हो ।
यसै वर्ष अगस्टमा अमेरिकी सेना फर्किएको थियो । अमेरिकाले त्यहाँ छाडेका हतियारहरू अहिले तालिवानले प्रयोग गरिरहेको छ ।
परेडमा देखियो एम ११७ वाहन
रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजमीका अनुसार २ सय ५० वटा नयाँ प्रशिक्षित सैनिकहरूको ग्य्राजुएसनसँग परेड जोडिएको थियो । यसमा अमेरिकी निर्मित एम ११७ बख्तरबन्द सुरक्षा वाहन समावेश थियो । तालिबानी लडाकुको हातमा एम ४ असल्ट राइफल्स पनि थिए । त्यसमाथि एमआई१७ हेलिकप्टर गस्ती गरिरहेको थियो ।
नयाँ सेनामा समावेश हुनेछन् पुरानो आर्मीको पाइलट
तालिबानी सेनाले अहिले जुन हतियार र उपकरणहरुको उपयोग गरिरहेको छ, त्यसमा ज्यादा जसो हतियार र उपकरण अमेरिकाले नै पहिलेको अफगान सरकारलाई निर्यात गरेको थियो । अफगान सेनाका ती पाइलट, मेकानिक्स र अन्य विशेषज्ञहरुलाई पनि तालिवानले आफ्नो नयाँ सेनामा समावेश गरिसकेको छ ।