काठमाडौं – बूढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराईले स्वाभिमानी राजनीतिका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने बताएका छन् । देशको राजनीतिक परिवेश हेर्दा पछिल्लो समय युवा पुस्ताको खाँचो रहेकाले आफु पनि उम्मेद्वारी दिने बताएका छन् ।
उनले भने अब युवा पुस्ताले पार्टीको नेतृत्व लिने बेला आएको छ र अहिलेको नेतृत्व र परिश्थितिबाट मात्र पार्टी र देश सफलताको दिशामा अघि बढ्न कठिन हुने भन्दै केन्द्र देखि तल सम्म नै नयाँ राजनीतिक तरंग आउनु पर्ने बताएका छन्। क्षमता,संघर्ष र मेहनतको आधारमा नभई चाकरी,चाप्लुसीको आधारमा नेतृत्व छानिने अहिलेको परिश्थिति बदल्नुपर्ने र त्यसको निम्ति आबश्यक परे यूवाहरुले बिद्रोह गर्न तयार रहनुपर्ने उनको तर्क छ।
सधै चाप्लुसी गरेर मात्र होईन स्वाभिमानी यूवा बनेर नेतृत्वमा आउन खोजे पनि आफुलाई रोकिएको भन्दै उनले एमालेको आगामी महाधिवेशनमा प्रतिनिधिमा लड्ने घोषणा गरेका छन् । कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनौटमा उम्मेदवारी दिने घोषणा गर्दै उनले आफ्नो उमेद्वारी स्वभामानी एमाले कार्यकर्ता र संघर्षशिल यूवाहरुको प्रतिनिधि उमेद्वारी भएको समेत दावी गरेका छन् ।
भट्टराई संगै काठमाण्डौ क्षेत्र नं ४ बाट बागमती प्रदेस कमिटी सदस्य निर्मल कुइकेल ,उद्दव खरेल, संगम गहतराज जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव विदुर विक्रम खड्का ,काठमाण्डौ महानगर अध्यक्ष निर्मल देउला, जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ४ का संयोजक तेज ढकाल,सह संयोजक लक्ष्मी संगौला,क्षेत्र नं ४ का पुर्व सदस्यहरु धुर्व भट्टराई र पुन्यराज पुडासैनी, वडा नं ८ का अध्यक्ष सुमन तामाङ्ग ( जनजाती कोटा भएमा ) पनि महाधिवेशन प्रतिनिधिको दावेदार देखिएका छन। त्यस्तै महिला महाधिवेसन प्रतिनीधि तर्फ अन्जु शर्मा, शुशिला सिलवाल र निर्मला खड्का पुडासैनी सम्भावित उम्मेदवारका रुपमा देखिएका छन ।