वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाइ विश्वासको मत

काठमाण्डौ – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेको छ ।

आज सोमवार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ । प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । प्रदेश सभामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिने हुन्छ ।

नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका हुन् । नेकपा एमाले र विवेकशील साझा पार्टीका सांसद्ले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्