काठमाडौं – नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ ।
चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए ।
एमालेले पार्टी सदस्य संख्या सात लाख पुगेको दावी गरेको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने भएको छ । सदस्यता नवीकरणबाहेक एमालेले यसअघि पार्टी सदस्यबाट महाधिवेशन प्रयोजनका निम्ति रकम उठाउने गरेको थिएन ।