काठमाडौँ – तिहार पछिको पहिलो दिन सुनको भाउमा उल्लेख्य वृद्धि देखिएको छ । कार्तिक २२ गते, सोमबार सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन ९२ हजार रुपैयाँमा किनबेच हुँदैछ । यसअघि लक्ष्मी पुजाको दिन सुन प्रतितोला ५०० रुपैयाँले गिरावट भएर ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछिका तीन दिन भने सुनचाँदीको मूल्य नतोकिएकाले सोहि मूल्यमा कारोबार भएको थियो ।
सोमबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । तिहार अघिको अन्तिम कारोबार दिन चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २२५ रुपैयाँ कायम रहेको थियो ।