टी–२० विश्व कपमा न्युजिल्यान्डले नामिबियालाई हरायो

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटको आज शुक्रवारको पहिलो खेलमा न्युजिल्यान्डले नामिबियालाई ५२ रनले हराएको छ । यूएईको सारजाहमा न्युजिल्यान्डले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले सात विकेट गुमाएर एक सय ११ रन मात्रै बनाउन सक्यो । नामिबियाका लागि माइकल लिनगेनले सर्वाधिक २५ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले समान दुई÷दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६३ रन बनायो । न्युजिल्यान्डका लागि जेम्स निशमले सर्वाधिक नटआउट ४५ रन बनाए । आजको जितसँगै न्युजिल्यान्ड चार खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ र सेमिफाइनलको सम्भावना बलियो बनाएको छ ।

यो समूहको पाकिस्तान आठ अङ्कसहित पाकिस्तान सेमिफाइलनमा पुगिसकेको छ । यो समूहबाट न्युजिल्यान्ड, अफगानिस्तान र भारत सेमिफाइनलको दौडमा छन् । अहिले दोस्रो खेलमा स्कटल्यान्ड र भारत खेल्दैछन् । सेमिफाइलनको सम्भावना जीवितै राख्न भारतलाई आजको खेल ठूलो अन्तरले जित्नैपर्ने दबाब छ । भारत र नामिबियाको समान दुई–दुई अङ्क छ र उनीहरू क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ । आजको हारसँगै नामिबिया पनि बाहिरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्