कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय प्रतिनिधि पदमा गायक भानुभक्त जोशीको उम्मेद्वारी

चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशीले नेपाली कांग्रेसको केन्द्रिय प्रतिनिधि पदमा उम्मेद्वारी दिनुभएको छ । बैतडी जिल्लाबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उहाँले केन्द्रिय प्रतिनिधिमा उम्मेद्वारी दिनुभएको हो ।
बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तडमा जन्मिएका भानुभक्त जोशीले गीत संगीत क्षेत्रमा एक दशक बढी योगदान दिएर थुप्रै लोक तथा देउडा गीतहरु रचना गर्नुका साथै रेकर्डिङ समेत गरिसक्नुभएको छ । उहाँ आफ्नो फेसबुकमा लेख्नुहुन्छ यहाँहरुका बिचमा निरन्तर रुपमा एक दशक देखि कलम चलाउदै आइरहेको छु । मुलुकको नयाँ परिवर्तन र नयाँ संविधान अनुरुप गणतान्त्रिक मुलुक नेपालको १४ औँ महाधिवेशनमा नयाँ ढंगले अगाडी बढ्ने छौँ । बसैदेखि यहाँहरुजस्ता लोकतन्त्रवादीका विचमा रहेर देशको मुहार फेर्ने सपना गीत, संगीत, पुस्तक, चलचित्रमार्फत पोखिएको र अव अग्रज पुस्ताहरुले सुरु गरेको विकासको गति सामाजिक विकासको यात्रालाई अग्रता दिने समेत बताउनुभएको छ ।
युवाहरुको सपना, जेष्ठ नागरिकको सामाजिक सुरक्षाका विचबाट इतिहासको गति अगाडी बढाउनु आजको आवश्यकता रहेको समेत उहाँले बताउनुभएको छ । नयाँ अवधारणा अनुरुप पुरै राज्यलाई विश्वसामु समृद्ध र आसलग्दो बनाउनु छ यो अभिभारा युवाको काधमा आएको र यो अभिभारा पुरा गर्न संकल्प अठोट र प्रतिवद्धता समेत गर्नुभएको छ ।
यहाँहरुको विश्वासलाई कहिले झुक्न नदिने र लुक्न नदिने पवित्र बाचा समेत गर्दै अमूल्य भावना प्राप्त हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्