काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफमा पुगेको छ ।
बेङ्गलोरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर एक सय ५८ रनमात्रै बनायो । प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने थियो । तर हारपछि पञ्जाब लगभग बाहिरिएको छ ।
योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स र बेङ्गलोर प्लेअफमा पुगेका हुन् ।