आईपीएल : कोलकाता नाइट राइडर्स विजयी, हैदराबाद ६ विकेटले पराजित

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए । हैदराबादका जासन होल्डरले २ तथा रसिद खान र सिद्धार्थ कुलले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

हैदराबादका केन विलियम्सनले २६, अब्दुल समादले २५, प्रियम गार्गले २१ रन र ज्यासन रोयले १० रन जोड्नु बाहेक अरुदले दोहोरो अङ्क जोड्न सकेनन् । कोलकाताका टिम साउथी, शिवम माभी र वरुण चक्रवर्तीले २÷२ विकेट लिए भने शकिब अल हसनले एक विकेट लिए ।

जितसँगै१३ खेलमा १२ अङ्क जोडेर कोलकाता चौथो स्थानमा रहेको छ । १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्