साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले घटेको छ ।
यस दिन २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.३३ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ ।