के हो हर्निया ? यस्ता छन् उपचार र रोकथामका विधि !

हर्निया एउटा यस्तो रोग हो जसको उपचार शल्यक्रियामार्फत मात्र सम्भव छ । यद्यपी, केही सावधानी अपनाउँदा यो रोगलाई गम्भीर हुनबाट रोक्न सकिन्छ । विज्ञसँग कुराकानीपश्चात् भारतीय समाचार माध्यमहरुले यसबारे बिस्तृत जानकारी दिएको छ । पाठकलाईहरु जानकारी दिने उद्देश्यले हामीले यसलाई साभार गरेका छौं ।

के हो हर्निया ?

शरिरको कोही अंग जब आफ्नो ‘कन्टेनिङ क्यापासिटी’ अर्थात् आफ्नो खोल वा झिल्लीबाट बाहिर निस्कन्छ भने त्यसलाई हर्निया भनिन्छ । यसमा बिरामीलाई अत्यधिक पीडा, हिँड्डुलमा समस्या र बान्ता हुनेलगायतका सम्भावना हुन्छन् । यो साधारणतया शरिरको कुनै पनि भागको मासंपेशी कमजोरी लगातार पर्ने दबाबका कारण हुने गर्दछ । पेटको शल्यक्रियापश्चात् हर्निया हुनु निकै साधारण हो ।

हर्नियाका किसिमः

हुन त शरिरको विभिन्न भागमा हर्निया हुनसक्छन् तर केही हर्निया मिल्दाजुल्दा छन् ।

जन्मजातः

कन्जिनियल अर्थात् जन्मजात हुने हर्निया निकै विरलै हुन्छन् । यो धेरैजसो पुरुषलाई हुने गर्दछ । यसमा अण्डकोष बाहिर निस्कने गर्दछ । बच्चाहरुलाई यस्तो रोग लागेको छ भने उनीहरु हिँड्नु अघि नै शल्यक्रिया गराइन्छ । बच्चा यदि १० किलो तौल पुगे शल्यक्रिया गरिन्छ । थुप्रै पटक यो आफैं ठिक हुने गर्दछ ।

पछि हुनेः

यस्तो हर्निया उमेर बढेपछि, शल्यक्रिया वा अन्य कारणले हुने गर्दछ । धेरैजसो अवस्थामा यसको उपचार शल्यक्रियामार्फत मात्र सम्भव हुन्छ ।

शरिरको कुन कुन भागमाः

हुन त हर्निया शरिरको कुनै पनि भागमा हुनसक्छ तर पनि केही भागका हर्निया कमन छन्ः

इन्गुइनल (Inguinal)हर्नियाः पेटमुनीको भागमा हुन्छ । यो महिलाको तुलनामा पुरुषमा धेरै हुन्छ ।

अम्बिलिकल (Umbilical) हर्नियाः यो पेटको हर्निया हो जसमा बिरामीको आन्द्राको कुनै भाग आफ्नो झिल्लीबाट बाहिर निस्कन्छ । यो निकै कमन छ विशेषगरी पेटको शल्यक्रिया पश्चात् ।

एपिग्याष्ट्रिक (Epigastric): नाइटो र करङ बिचको भागमा यस्तो हर्निया हुन्छ ।

फिमोरल (Femoral): यो तिघ्रामा हुन्छ जसले महिलालाई धेरै दुःख दिएको हुन्छ । यसका साथै लम्बर, प्यारास्थोमल, इन्सिस्नल, हिएटललगायतका हर्निया हुन्छन् ।

के हो कारण ?

मोटोपनाः मोटोपनाका कारण मांशपेशीको बिचमा बोसो जम्मा हुने गर्दछ । यसले मांशपेशीमा दबाब पर्ने गर्दछ जसका कारण यो दुई हिस्सामा बाँडिन्छन् ।

शल्यक्रियाः

यदि कुनै अंगको शल्यक्रिया भएको छ भने त्यहाँ दबाब पर्छ जसका कारण हर्नियाको आशंका हुन्छ । शल्यक्रियामा पेटको बिचमा टाँका लगाएको छ भने हर्नियाको सम्भावना बढ्ने गर्दछ ।

खोकीः लामो समयसम्म खोकी लागिरहन्छ भने पनि हर्नियाको सम्भावना हुन्छ किनभने खोक्दा पेटमा दबाब पर्छ ।

कब्जियतः लगातार कब्जियतको समस्या छ भने पनि हर्नियाको समस्या हुनसक्छ ।

पिसाब फेर्न समस्याः पिसाब गर्न समस्या वा रोकिन्छ भने हर्नियाको आशंका बढ्छ ।

मांसपेशीको कमजोरीः यदि गर्भावस्थामा कम प्रोटिन लिएको छ वा पोषणयुक्त आहारको कमी भएको छ भने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि हर्नियाको आशंका बढ्छ ।

बढ्दो उमेरः ६० वर्षभन्दा बढि उमेर भएकाहरुलाई यसको सम्भावना थप हुन्छ । यद्यपी, यो रोग कुनै पनि उमेरमा लाग्नसक्छ ।

मृगौला रोगीः मृगौला वा कलेजोको रोग भएकाहरुलाई पनि हर्निया रोग लाग्नसक्छ ।

वेटलिफ्टिङः अत्यधिक तौल उठाउनेहरुलाई पनि यो समस्या हुनसक्छ ।

धेरै भर्याङ चढ्दाः जो व्यक्ति धेरै भर्याङ चढ्ने र झर्ने गर्छन् उनीहरुमा पनि हर्नियाको सम्भावना बढ्छ ।

हर्नियाको चरणः

हर्नियाका केही चरण हुन्छन्

रिड्युसेबलः यसमा शरिरको अंग बाहिर निस्कने र भित्र जाने गर्दछ । थुप्रै पटक बाहिर निस्केको अंगलाई हातले भित्र छिराइन्छ । यो चरणसम्म शल्यक्रिया नगरे पनि हुन्छ । यसमा योजना बनाएर शल्यक्रिया गराउन सकिन्छ ।

इररिड्युसेबलः यसमा अंग क्याभिटी बाहिर निस्किएपछि भित्र जाँदैन । त्यसपछि शल्यक्रिया गर्नैपर्ट । यस्तो अवस्थामा चाँडै नै शल्यक्रिया गराउनुपर्छ ।

स्ट्र्याङ्गुलेटेडः यदि आन्द्रा भित्र अड्किन्छ भने यो कुहिने स्थितीमा पुग्छ । यसले आपतकालीन स्थिती निम्त्याउँछ र ६ घण्टाभित्र शल्यक्रिया गर्नुपर्ने हुन्छ । साधारणतया यो स्थिती सानो हर्नियासँग हुन्छ जुन बाहिर निस्किएर फस्ने गर्दछ । यस्तोमा राम्रो के हुन्छ भने हर्नियाको आकार सानो हुँदा नै शल्यक्रिया गराउनुहोस् ।

कहिले जाने डाक्टर भेट्न ?

यदि शरिरको कुनै पनि भागमा सुन्निएको महसुस भए डाक्टरलाई देखाइहाल्नुहोस् । पीडा हुँदा त जानै पर्छ तर साधारणतया पीडा पछिल्ला चरणमा देखिन्छ र त्यतिबेलासम्म स्थिती खराब हुन थाल्छ ।

उपचारः

यसलाई औषधीले काम गर्दैन । पीडा हुँदा पेन किलरको रुपमा प्यारासिटामोल खान सक्नुहुन्छ । धेरै नै दुख्यो भने ट्रामडल (Tramedol) खान सक्नुहुन्छ । तर पेनकिलरको प्रयोग निकै कम मात्रामा गर्नुपर्छ र कुनै पनि औषधी खानुपुर्व डाक्टरको सल्लाह लिनुहोस् ।

पीडाबाट छुटकारा पाउनका लागि हट वाटर ब्यागले सेक्नुहोस् । यसले मांसपेशी रिल्याक्स हुन्छ र पीडा पनि कम हुन्छ ।

यो स्ट्रक्चरल डिफेक्ट भएका कारण शल्यक्रिया आवश्यक छ । शल्यक्रिया सुरुमा नै गराउँदा राम्रो नभए यसको आकारमा वृद्धि भएर थप समस्या निम्त्याउँछ ।

हर्निया हुन नदिनः

तौललाई नियन्त्रणमा राख्नुहोस् । आफूले सोचेको तौलको पाँच किलोभन्दा बढि बढ्न नदिनुहोस् ।

पौष्टिक खाना खानुहोस् । प्रोटिन डाइट लिनुहोस् ता कि मांशपेसी बलियो होस् ।

धुम्रपानबाट टाढै रहनुहोस् । यसले खोकी निम्त्याउँछ । लामो समयसम्मको खोकी हर्नियाको कारण बन्न सक्छ ।

पिसाबसम्बन्धि रोग लाग्न नदिन पर्याप्त पानी पिउनुहोस् ।

धैरै तौल नउचाल्नुहोस् । जसले अत्यधिक व्यायाम गर्नुहुन्छ उनीहरुले सपोर्ट लिनुहोस् ।

एकै पटक अत्यधिक र चाँडै चाँडै सिँढी नचढ्नुहोस् ।

पेटलाई बलियो बनाउने व्यायाम र योग गर्नुहोस् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्