भीरबाट खसेको ढुंगाले लागेर एकै परिवारका दुई जनाको मृत्यु

बुटवल – भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो ।

रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्