काठमाडौँ – प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
शुक्रबार बैठक सुरु हुनासाथ नेकपा एमालेले संसदमै नाराबाजी गरेर बैठक अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस अघि २३ गते बसेको संसद बैठकमा पनि एमालेले ३ पटक सम्म बैठक अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।