काठमाडाैँ – आगोले जलेको घाउको प्राथमिक उपचार गर्न अब फोनबाट सल्लाह लिन सकिने भएको छ । किर्तिपूर अस्पतालका विशेषज्ञ डाक्टरहरुसँग सम्पर्क गरि प्राथमिक उपचारबारे सल्लाह लिन सकिने भएको छ । जसका लागि हटलाइन नम्बर सूचारु गरेको छ । २४ सै घण्टा सेवा दिने उद्देश्यले हटलाइन नम्बर सूचारु गरिएको छ ।
डाक्टरको सल्लाह अनुसार घाउको अवस्था हेरेर घरमै प्राथमिक उपचार गर्न सकिने छ । जसका लागि १६६००१५१००० हटलाइन नम्बर खुला गरिएको हुन्छ ।
जलेको घाउको प्राथमिक उपचारमा कठिनाई नआओस र समयमै उपचारगरि गम्भिर समस्या आउन नदिन उक्त हटलाइन नम्बर सूचारु गरिएको हो । यस नम्बरमा स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिले समेत सम्पर्क गरि सुझाव लिन सक्नेछन् ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ मोडेल अस्पताल/कीर्तिपुर अस्पतालले स्वास्थ्यकर्मीहरुलाई भाद्र १३ गतेदेखि १८ गतेसम्म यस सम्बन्धि तालिम समेत दिएको थियो ।