छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाण्डौ – सरकारले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी र जुलुस प्रदर्शन गर्ने तथा पुत्ला दहन नगर्न गृह मन्त्रालयले विज्ञप्ती जारी गरेको छ ।

दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइनको तार काट्दा महाकाली नदीमा खसेर जयसिंह धामीको ज्यान गएको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा प्रदर्शन भइरहेको भन्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा भएका उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको र भविष्यमा उत्पन्न समस्यालाई पनि वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्