एमाले उपाध्यक्ष वामदेव गौतमले गरे पार्टी परित्याग (राजीनामा पत्रसहित)

काठमाडौँ – एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् ।

पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन् । पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमालले जनाएको छ । गौतमका स्वकीय सचिव दीपक टमाटाले पार्टीको सबै जिम्मेवारी र पार्टीबाट राजीनामा दिएको बताए ।

गौतमले लेखेको राजीनामा पत्रमा ओलीले संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको उल्लेख छ । जनादेशलाई लत्याउँदै दुई पटक प्रतिनिधि सभा विघटन गरेको आरोप समेत गौतमले ओलीलाई लगाएका छन् ।

’पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिएँ। तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रूपमा सुझाव पनि दिएँ। तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छारी बन्दै जानुभयो,’उनले राजीनामा पत्रमा भनेका छन्, ’आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएको गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो। त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरूपयोग गर्नुभयो।’

२०७७ पुस ५ गतेदेखि नै गौतमा पार्टीमा निष्क्रिय बन्दै आएका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्