काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दैआपत्ति जनाएका हुन् ।
रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत गरेका छन् । रावलले भनेका छन् ः ‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो ?’
सुरक्षा संवेदनशीलताबारे प्रश्न गर्दै रावलले भनेका छन् : ‘गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबण्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’
दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?
— Dr. Bhim Rawal (@BhimRawal179) September 3, 2021