सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने पौडेल समुहको संकल्प

काठमाडौँ – नेपाल काँग्रेसको रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न महाधिवेशनमा साझा उम्मेदवार घोषणा गर्ने संकल्प गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो समूहले एक जना उम्मेदवार उठाउने घोषणा गरेको हो ।

एकताको सन्देश दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, ‘काँग्रेस सुधार चाहने हाम्रो विचार समूहले १४ औँ महाधिवेशनमा एक जना उम्मेदवार उठाउने छ । यो समूहले महाधिवेशनसम्म एक जना उम्मेदवार तय गर्छ ।’
पौडेलले सो घोषणा गर्दैगर्दा ‘यसको आधार के छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा पौडेलले आजको उपस्थिति र अठोट नै यसको आधार भएको बताए ।

आजको पत्रकार सम्मेलनमा यसअघि कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका गगन थापा पनि पुगेका थिए । उनले हालै मात्र सो पदमा पुनः उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्